गाउँकी केटी

  
गाउँकी केटी

लेखक- इन्दिरा पौडेल

हिमालको काख मुनी,
प्रकृतिको विचित्र छटामा मनोरम गर्दै,
हुर्किएकी एउटा चुलबुलेकेटी,
सात समुन्द्र तरेर एउटा नौलो वस्तीमा संघर्ष गर्दै आफैंमा हराउँदैछे,
कस्तो अनौठो परिवेश चालचलन र मान्छेहरु,
चाहेर पनि बोल्न नसक्ने उसको बाध्यता,
मनभरिका उकुसमुकुस पीडा र वेदनाहरु,
न त फुकाउन नै सक्छे नत बाधेर राख्ननै,
चिसो सिरेटो होटलको कौशीमा,
समुन्द्रका छाल संगै नियाल्दै दुर क्षित्तिज,
सम्झँदै आफ्ना अतितहरु, समाउदै पोचाका दण्डी, ह्विस्की र ब्राण्डीकाखाली बोतलहरु,
मिर्मयी तिखा वचनवाणहरु सिरोधारणा गर्दै,
भ्याइनभ्याइ हस्याङ फस्याङ छ उसलाई,
बाध्यता र विवशतालाई थाती राख्दै,
टिलपिलएका आखा सँगै धक्ल्दै ट्रली, मिलाउँदै बेडहरु,
थकित मुद्रामा जिन्दगीको हिसाब किताब गर्दै छेउ,
उ आफैलाई थाहाछैनपुग्नुपर्ने कहाँ र ? गर्नुपर्ने कति ?,
निशब्दमा अल्झिएका उसका उत्तरहरु। 
नसोध्नु उस्लाई कती कमाउछेस,
नत चूकाउन नै सक्छ डलरले उसका मूल्यहरु ।
पचीसकेछ उसलाई ४२ डिग्रीको रापताप पनि,
कहिले होटेल त कहिले फार्म
भौतारिदा भौतारिदै जीर्ण भइसकेछ शरीर,
उसुस्ताउन चाहन्छे दोबाटोको चौतारीमा,
रमाउन चाहन्छे आफ्नै पाखा पखेरा र झरनाहरुमा,
चाहिँदैन उसलाई निरसरकहाली लाग्दो बिदेशी सम्पन्नता,
काफी छ उसलाई आफ्नै देशको विपन्नता ।

 

 

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय