अर्घाखाँचीका खनाल राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य नियुक्त

  
अर्घाखाँचीका खनाल राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्य नियुक्त

काठमाण्डौ । अर्घाखाँचीको मालारानी गाउँपालिका निवासी गोपाल खनाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर-३ घर भई हाल काठमाडौमा रहि मेघा बैंक, मेघा कलेजका संचालक, उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य समेत रहेका युवा उद्योगी, शैक्षिक तथा सामाजिक व्यक्ती खनाल राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका हुन् । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खनाललाई राखेपको नयाँ बोर्डमा सदस्यको रुपमा नियुक्त गरेका हुन् ।

महासंघको सिफारिसमा मन्त्री विश्वकर्माले खनाललाई नियुक्त गरेका बताईएको छ । राष्ट्रिय खेलकुद विकास ऐन अनुसार परिषद्को बोर्ड सदस्यमा उद्योग वाणिज्य महासंघको सिफारिसमा परिषद् अध्यक्षले एक जना मनोनयन गर्ने व्यवस्था छ । अर्घाखाची स्थायी घर भएका खनाल उद्योग वाणिज्य महासंघको क्लस्टरबाट बोर्ड सदस्य बनेका हुन् ।

बोर्ड सदस्यमा नियुक्त भएपछि खनालले खेलकुदलाई अघि बढाउने सन्दर्भमा नीजि क्षेत्रलाई खेलकुद ऐनमा समेट्ने सरकारको निर्णय स्वागत योग्य रहेको बताए । उनले खेलकुदको विकासमा नीजि क्षेत्रले खेल्ने भूमिका सहयोगी हुने धारणा व्यक्त गरे ।

यसअघि परिषद् अध्यक्षको हैसियतामा मन्त्री विश्वकर्माले खेल विज्ञ र खेलकुद संघको सिफारिसमा ७ जना सदस्य नियुक्त गरेका थिए । यसअघि मन्त्रीपरिषद् बैठकले ९ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । शाहसीक तथा पर्यटकीय खेलकुदबाट गोबिन्द भट्टराई मनोनित भएका थिए । राखेपको नयाँ बन्ने बोर्डमा खेलकुद विश्व विद्यालय र ओलम्पिक कमिटिबाट तीन जना सदस्य नियुक्त हुन बाँकी छ । राखेपको नयाँ बोर्ड ३७ सदस्यीय रहने व्यवस्था गरिएका छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय