अर्घाखाँचीमा तिन महिनामा सयौं कार्यकर्ता कांग्रेस प्रवेश

अर्घाखाँचीका ६ वटा स्थानिय तहमै नेपाली कांग्रेसले आफ्नो संगठन तिव्र रुपमा विस्तार गरेको छ ।

  
अर्घाखाँचीमा तिन महिनामा सयौं कार्यकर्ता कांग्रेस प्रवेश

अर्घाखाँची । अर्घाखाँचीमा तिन महिनाको अवधीमा सयौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

साउनको अन्तीम सातादेखी कार्तीकको यो अन्तीम सातासम्म अर्घाखाँचीका विभिन्न भागबाट सयौं कार्यकर्ता सत्तारुढ नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यकर्ता मात्र नभएर स्थानियस्तरका नेता समेत पार्टी परित्याग गरि नेपाली कांग्रेसमा भित्रिएका छन् । निर्वाचित जनप्रतिनिधीदेखी पुर्व पदाधिकारीसम्मले नेकपा परित्याग गरेका छन् । २०७४ सालको निर्वाचनमा झन्डै दुई तिहाई ल्याएको नेपाल कम्युनिष्ट पार्टीप्रती असन्तुष्टी बढेसंगै नेपाली कांग्रेसमा आस्था बढ्दै गएको कांग्रेस नेताहरुले बताएका छन् ।

यही कार्तीक २२ गते मालारानी गाउँपालिका वडा नम्बर-३, खनदहमा २०७४ को स्थानिय निर्वाचनमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली कांग्रेस प्रवेश गरे । मालारानी-३ मा २०७४ को स्थानिय निर्वाचनमा नेकपाका जिवन चौहानले विजयी हासिल गरेपनी २०७६ को मंसिरमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका शोभाखर खनाल विजयी भएका थिए । सोही वडामा शनिवार जनप्रतिनिधी सहित् ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् ।

यही कार्तिक १९ गते छत्रदेव गाउँपालिका-६ ठुलापोखरामा २०७४ सालको स्थानिय निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट वडासदस्य पदका उम्मेद्वार सहित १२ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरे । गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेल, वडा अध्यक्ष कमल पौडेल लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

यस्तै कार्तिक १८ गते शितगंगा नगरपालिका वडा नम्बर-९ र १२ मा २५ घरपरिवार प्रवेश गरे । गत भाद्र ८ गते सन्धिखर्क नगरपालिका वडा नम्बर-६ नरपानी र जगतमा सात जनाको घरपरिवार नेकपा परित्याग गरी नेपाली कांग्रेसमा भित्रिए । भाद्र २ गते भुमिकास्थान नगरपालिका वडा नम्बर-९ ढिकुरामा २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालिन एमालेबाट वडा सदस्य पदका उम्मेद्वार सहित १ सय ५० जना नेपाली कांग्रेस प्रवेश गरे । गत साउन ३२ गते पाणिनी गाउँपालिका वडा नम्बर-६ धातिबाङ्गमा २३ जनाको घरपरिवारले नेकपा परित्याग गरे ।

तिन महिनाको तथ्याङ्क हेर्दा नेपाली कांग्रेसले ६ वटै पालिकामा प्रभुत्व जमाएको देखिन्छ । यो अवधीमा नेकपाले कसैलाई पार्टी प्रवेश गराउन सकेको देखिदैन । नेपाली कांग्रेस जनताको काममा सँधै खटिरहेको पार्टी सभापती बिष्णु मुस्कानले बताए । वर्तमान सरकारका कामकारवाहीका बारेमा जनता साक्षात्कार नै रहेको भन्दै सभापती मुस्कानले आगामी निर्वाचनमा यस्को हिसाब किताब हुने बताए । जनताको सेवामा फिल्डमा खटिएका कांग्रेसका अधिकांश नेताहरुलाई कोरोना संक्रमण लागेको भन्दै उनीहरुको स्वास्थ्यलाभको कामना गरे ।
कांग्रेसले सर्वसाधारणका समस्यालाई केन्द्रमा राखेर काम गर्ने भएकाले जनताको आकर्षण नेपाली कांग्रेसमा रहेको उनको भनाई छ । वर्तमान सरकारको कार्यशैलीका कारण जनता आजित भएको उनको निष्कर्ष छ ।

नेपाली कांग्रेस फेरी निर्णायक तहमा पुग्ने र जनतालाई सरकार भएको, अभिभावक भएको महसुस गराउने दावी गरे । आफ्नो नेतृत्वमा अर्घाखाँचीका चार स्थानियतहमा विजयी हासिल गरेको भन्दै उनले चारै स्थानियतहमा विवादरहित कार्यसम्पादन भईरहेको बताए । त्यस्तै उपनिर्वाचनमा पनी ऐतिहासिक सफलता पाएको उनले बताए । कांग्रेस अर्घाखाँची आफ्नो काममा निष्ठापुर्वक लागीरहेका उनको भनाई छ ।
                                               

                                                 के सत्तामोहले संगठन बिर्साईदिन्छ र ?

सामान्यतः केन्द्रिय राजनितीको प्रभाव जिल्लास्तरमा पनी देखा पर्छ । केन्द्रका नेताहरुको देखासिकी र नक्कल गर्ने प्रवृत्ती उस्तै छ । आम कार्यकर्तासम्म त्यसको रस पुगेको हुन्छ । कम्युनिष्ट पार्टी सर्वहारा वर्गको सामाजिक स्वार्थमा केन्द्रित रहेर काम गर्ने पार्टी हो । सर्वहाराका नाममा आन्दोलन् चर्काउने तर सत्ता प्राप्तीपछी वर्ग बिर्सिजाने प्रवृत्ती कम्युनिष्टमा हावी हुँदै गएको छ । तत्कालिन् एमाले होस् या माओवादी यी दुवै पार्टीलाई माथी उठाउन सर्वहारा र श्रमजिवीहरुले प्राणको आहुतीसम्म दिए । तर, पार्टीलाई हुर्काउने, बढाउने, संघर्ष गर्ने र युद्ध गर्ने तिनै श्रमजिवीहरु आज खाडी मुलुकमा रगत र पसिना बेच्दैछन् । चाप्लुसीवाद र चाकडीवाद हावी भएको अवस्थामा निष्ठावान कार्यकर्ता बिदेशमा श्रम बेच्न बाध्य छन् ।

नेपालको ईतिहासमा पहिलो पटक कम्युनिष्टको झन्डै दुई तिहाईको स्थिर सरकार छ । आम सर्वहारा श्रमजिवीले सरकार भएको अनुभुती गर्न पाएनन् । जनताका आधारभुत आवश्यक्ता परिपुर्ती परको कुरा, सरकार छ कि छैन भन्ने विषयले प्राथमिकता पाउनु कम्युनिष्ट सरकारका लागी लज्जाको विषय हो । सर्वसाधारणका हक अधिकार संविधानका अक्षरहरुमा मात्र सिमित् छन् । जनताको जिवनस्तरमा परिवर्तन नआएपछी सत्ता हुनु र नहुनुमा खासै फरक देखिदैन ।

एकतापछी नेकपा झन् अतव्यस्त देखिन्छ । दुई कार्यकारी अध्यक्षबिचको टकरावले गाउँका कुनाकन्दरा सम्म हल्लाएको प्रष्ट देखिन्छ ।
सत्तामोह त्यागेर जनताको हितमा काम गर्दा नेकपा र देशको कल्याण होला ।

                                               कांग्रेसको सक्रियता सत्तामा चढ्ने भर्याङ ?

विचारशून्यता नै कांग्रेसको अहिलेको ठूलो समस्या हो । प्रमुख प्रतिपक्षी दल तथा नेपालको सबैभन्दा पुरानो राजनीतिक संस्था नेपाली कांग्रेसको चौधौं महाधिवेशन आउँदो फागुनमा हुने तय भएपनी कोरोना महामारीका कारण त्यो हुने सम्भावना टरेको छ । स्थानीय, प्रादेशिक र संघीय चुनावमा नेकपाको विशाल जितपछी कांग्रेसका नेता कार्यकर्तामा बिस्तारै चेतनाको सञ्चार हुन थालेको छ । पराजयपछि कार्यकर्ताको मनोबल उच्च राख्न पार्टी नेतृत्वले कुनै प्रयास गरेको पाईएको छैन । नेकपा सरकार गठनको तिन वर्षमा कांग्रेस कार्यकर्ताको राजनीतिक विस्थापन तीव्र भयो । सामान्य कांग्रेसजनका लागि समय निराशाजनक रह्यो । कांग्रेस भित्र पनी आन्तरिक कलह र गुटगत राजनितीले जरा गाडेको छ ।

कम्युनिष्टहरु बिग्रन्छन् वा उनीहरु फुट्छन् भनेर मुख ताक्नु काँग्रेसका लागी मुते न्यानोमा रमाउने बहाना मात्र हुनेछ । अर्घाखाँचीका छ स्थानियतहमा ४ वटा नेपाली कांग्रेसबाट निर्वाचित प्रमुखहरुको नेतृत्व छ । जिल्ला समन्वय समितीमा पनी नेपाली कांग्रेसकै बोलबाला छ । प्रदेशसभा र प्रतिनिधीसभामा भने प्रत्यक्ष निर्वाचित कांग्रेसका कुनैपनी प्रतिनिधी छैनन् ।

संघियताको मुल मर्म भनेकै जनतामुखी सेवा र जनताको विश्ववास जित्नु हो । केन्द्रीकृत राज्य व्यवस्थाले नागरिकका माग र आबश्यकतालाई परिपुर्ति गर्न सकेन्,गुनासाहरु सम्बोधन भएनन, पहुँचवालाकै हालीमुहाली बढ्यो अब जनतामुखी व्यवस्था ल्याउने भन्दै विकेन्द्रीकृत राज्य व्यवस्था अथवा संघियता आयो । त्यतिबेलाको चहल पहल, घरघरमा सिंह दरबारका नाराले कर्णालीका मात्र हैनन्, देशभरका जनता खुसी थिए अब सरकारी सेवा सर्वसुलभ हुने भयो, भ्रष्टचार कम हुने भयो भनेर । विडम्बना स्थानीय सरकार संचालनको तीन वर्ष पुग्न लाग्दा एक सर्वेक्षणले निकालेको तथ्यांक अनुसार कर्णालीका ७० प्रतिशत नागरिक स्थानीयतहको कार्यशैलीप्रति असन्तुष्ट भएको पाइएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय