मापदण्ड विपरीत सञ्चालन भएका अर्घाखाँचीका ३ वटा क्रसर उद्योग बन्द

  
मापदण्ड विपरीत सञ्चालन भएका अर्घाखाँचीका ३ वटा क्रसर उद्योग बन्द

अर्घाखाँची । अर्घाखाँचीमा मापदण्ड विपरीत सञ्चालनमा रहेका ३ वटा क्रसर उद्योग बन्द भएका छन्।

दर्ता बिना र मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योगहरुले प्राकृतिक स्रोत साधनहरुको दोहन बढेको भन्दै त्यस्ता क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गरेको थियो।

३ वटा क्रसर उद्योग आवश्यक मापदण्ड पूरा नगरी सञ्चालित थिए। ती क्रसर उद्योगहरु बन्द गरिएका छन्। अर्घाखाँचीमा रहेका ३ वटा क्रसर उद्योगहरुले तोकिएको मापदण्ड पूरा नगरेकाले मापदण्ड पूरा नहुन्जेलसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए ।

जिल्ला भित्र ढुंगा, गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा रहेकोमा मापदण्डअनुसार भए–नभएको, सरकारलाई राजस्व बुझाए–नबुझाएको र दर्ता भए–नभएको, वातावरणीय प्रभाव मुल्यांकन भए नभएको आदि मापदण्ड हेर्दा प्रकृया नपुगी सञ्चालनमा रहेको देखिएपछि बन्द गरिएको प्रजिअ पौडेलको भनाइ छ।

देशभर पहुँच, प्रभाव र सत्ता निकटका आधारमा ढुंगा, गिट्टी तथा बालुवा उत्खनन्, दोहन र बिना दर्ता व्यवसाय सञ्चालनको प्रवृत्ति बढ्दो क्रममा छ। पछिल्लो ३ वर्षयता स्थानीय सरकार सञ्चालनमा आएसँगै नदी र गिट्टी, बालुवाको दोहन बढ्दै गएको छ।

                                                                                                                           (अन्नपुर्ण पोस्ट)

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post