उपसभामुख खै? :पुष्पा भुसाल, फरक दलको चाहिन्छ: प्रदिप ज्ञवाली

  
उपसभामुख खै? :पुष्पा भुसाल, फरक दलको चाहिन्छ: प्रदिप ज्ञवाली

काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपसभामुख चयनका लागि प्रमुख प्रतिपक्षी दलहरुले पहल लिनुपर्ने बताएका छन् ।

सभामुख सत्तारुढ दलको तर्फबाट भएका कारण सत्तारुढ दलले उपसभामुख लिन नपाउने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलले नै उपसभामुखको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । बिहीबार संघीय संसद संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले उपसभामुख चयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गरेकी थिइन् ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले सभामुख सत्तारुढ दलको भएका कारण उपसभामुख एउटै दलको राख्न नमिल्ने र सभामुख पुरुष भएका कारण उपसभामुख महिला आवश्यक हुने बताए । तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण नेकपाले जसलाई समर्थन गर्छ उसैले उपसभामुख पद पाउने अवस्था छ । तर, नेकपाले कसलाई समर्थन गर्ने भनेर टुङ्गो लगाउन सकेको छैन । सभामुख र उपसभामुख फरक राजनीतिक दल र लिंगबाट हुनुपर्छ । फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने भएपछि नेकपाले उपसभामुख निर्वाचन गराउन नचाहेको आरोप लाग्दै आएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय