भुमिकास्थान नगरपालिका : चुनढुंगा उत्खननकाे अनुमतीपत्र छानबिन गर्न प्रहरीमा उजुरी

  
भुमिकास्थान नगरपालिका : चुनढुंगा उत्खननकाे अनुमतीपत्र छानबिन गर्न प्रहरीमा उजुरी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेश गरेर चुनढुंगा उत्खनन्को अनुमती लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

नगरप्रमुख झविलाल थापाले जिल्ला प्रहरी कार्यालयमा किर्ते कागज पेश गरेर चुनढुंगा उत्खनन्को अनुमती लिएकाले छानविनका लागी निवेदन दिएको बताएका छन् । किर्ते गर्नेलाई कारवाहीको माग सहित प्रहरीमा निवेदन दिएको उनको भनाई छ ।

भूमिकास्थान नगरपालिका–९, सानोडेभामा रहेको चुनढुंगा उत्खनन्को अनुमति–पत्र किर्ते रहेको भन्दै मेयर थापाले कार्यालयबाट लेटरप्याड, छाप र हस्ताक्षर चोरी भएको बताउँदै आएका छन् । नगरपालिकाले किर्ते भनेर दावी गरेको १५ दिनपछी बल्ल नगरले प्रहरीमा उजुरी गरेको हो । चैत ५ गते नगरपालिकामा पत्रकार सम्मेलन आयोजना गर्दै मेयर थापाले यो आफू र नगरमाथि षड्यन्त्र भएको र यसको कानुनी पाटोमा जाने बताएका थिए ।

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खनन्को अनुमति–पत्र पाएको थियो। नगरपालिकाको कार्यालयले यही २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशयपत्र पठाएको देखिन्छ । मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगरप्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ ।

आफुहरुले कुनै पत्र नदिएको भन्दै त्यसलाई नगरले किर्ते भन्दै आएको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय