लुम्बिनी प्रदेशकै ठूलो सडक निर्माण आयोजनाले पायो तिव्रता, साम्सद केसीद्वारा अनुगमन

  
लुम्बिनी प्रदेशकै ठूलो सडक निर्माण आयोजनाले पायो तिव्रता, साम्सद केसीद्वारा अनुगमन

कपिलवस्तु । लुम्बिनी प्रदेशको दोश्रो आर्थिक वर्षमा बजेट बिनियोजन गरी आफ्नै बजेटमा निर्माण शुरु गरिएको लुम्बिनी प्रदेशकै ठूलो सडक आयोजना, शिवराज नगरपालिका-५ खैरी देखि बिजयनगर गाउँपालिकाको खडैजा सम्मको करीब ११ किलोमीटर लम्बाई र ७ मिटर चौडा डिबिएस्टी प्रविधीमा निर्माण भैरहेको सडक निर्माणले तिब्रता पाएको छ ।

लुम्बिनी प्रदेश सरकारको २० करोड लागतमा निर्माण सम्पन्न हुने यश सडकले शिवराज नगरपालिकाको खैरी, हर्रहवा, मद्रहवा, सोनपुर, बालापुर, सुन्दरी डाडा, जर्लहिया देखि बिजयनगरको खडैचा सम्मका स्थानीय बासीहरुलाइ प्रत्यक्ष लाभ हुनेछ । बषौंदेखि जिर्ण अवस्थामा रहेको यस क्षेत्रकै पुरानो सडक मध्यको आरटिओ सडक निर्माणले पूर्णता पाउने भएपछी स्थानीय समेत हर्सित छन ।

यसैबिच सडकको प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अनुगमन गरेका छन् । निर्माणको अनुगमन गर्दै लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले अत्यन्तै मेहनतका साथ ल्याएको बजेटले निर्माण हुने सडक संरचनाको गुणस्तरमा कमि नहोस भन्ने चिन्ता लागेको बताए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय