मैले टिक टक बाट के सिकेँ

  
मैले टिक टक बाट के सिकेँ

अर्घाखाँची । हुन त मलाई टिक टक भन्ने के हो राम्रो सँग थाहा छैन, यो एउटा चाइनिज एप्स भन्ने बाहेक यसको आविष्कार गर्ने को हुन्, यो कहिले देखि सुरु भयो केही पनि थाहा छैन। आज भन्दा करिब तीन वर्ष अगाडि म अस्ट्रेलियामा थिएँ।

विदेशमा त्यही त हो यसो weekend पारेर साथी भाइ जम्मा हुने रमाइलो गर्ने नेपालको बारेमा राजनीतिक, सामाजिक कुरा हरु गर्ने चलन छ दै छ। त्यस्तै जमघटमा एक दिन हाम्रो घरमा थुप्रै थियौ, कसले भन्यो मलाई ठ्याक्कै अहिले नाम सम्झना छैन, नेपालमा बेरोजगार त्यस्तै छ, आइमाई हरु टिक टक चलाएर बिग्रिएका छन् रे, के गर्नु काम छैन, नेताहरुको हालत त्यही छ बच्चाबच्ची हरु pubg , आइमाईहरू tiktak विकृति आएको छ रे भन्दै कुरा गर्नु भयो सबै जनाले मैले त्यही बेला सुनें, अनि मनमा थियो के हो tiktak भन्ने तर बिजी भएर कसै सँग सोध्न पनि पाएकी थिइन् त्यतिकै बिर्सिए।

एक दिन काम बाट फर्कदै गर्दा एक जना बैनी र म थियौ त्यो बैनीले मोबाइल निकालेर त्यही बसमै आफू नाचेको तर एक दमै छोटो राम्रो भिडियो देखाउनु भयो। मैले कति थोरै हो के अलि लामो भिडियो छैन भन्दा उहाँले यो टिक टक हो यस्तै छोटो हुन्छ भन्नु भयो। बल्ल थाहा पाएँ टिक टक भन्ने छोटो भिडियो रहेछ, राम्रो नाच्दा रहेछन्।

त्यो कुरा त्यति नै भयो त्यस पछि त्यसको शोध खोज कसै सँग केही पनि भएन। करिब अढाइ वर्ष पहिला हामी नेपाल आयौ। भदौको महिना थियो मंसिर देखि चाइनामा कोरोना आयो भन्ने हल्ला सँगै चैतमा एक्जाम सिद्दाएर आमा, छोरा, बैनी छोरीहरू सबै बुटवल माइती गयौं। त्यही बेला भारतमा एक दमै फैलिएकाले नेपालमा लक डाउन सुरु भयो। त्यस पछि के गर्ने भन्दा भन्दै छोरालाई tiktak डाउनलोड गर्न पठाएँ। टिक टक हेर्न मात्रै आयो बनाउने ढंग थिएन। त्यस पछि भाइको छोरा भदा नाचेको, हजुर आमाले भजन गाएको राख्न थाले सबैले हातहातमा मोबाइल समाउँदै हेर्न थाले।

त्यो बेला सम्म पनि टिक टक चलाउनु त्यति राम्रो कुरा होइन भन्ने इम्प्रेसन्न परेको थियो। तर पनि कुनै कुनै समसामयिक विषय वस्तुमा आधारित राम्रा राम्रा कुराहरू पनि सुन्न देख्न थालियो, तर पनि त्यति धेरै क्रेज थिएन, बिस्तारै बिस्तारै यसमा अलि अलि रस बस्न थाल्यो। जे जस्तो अवस्थामा भएको बेलामा पनि आफूले जानेको कुरा सेयर गरेर वा जानी नजानी नाचेर पनि राख्न थालियो । 

अब कुरा आउँछ यस बाट मैले के पाएँ अथवा के सिकें भन्ने कुरा,

पूर्व मेची देखि पश्चिम महाकाली लगायत संसार भर छरिएर बस्नु भएका नेपाली हरुको बोली, ब्यबहार, भाषा ,संस्कृति, भेष भुषा रहनसहन चाड बाड मनाउने तरिका,गाउँले सहरिया चालचलन, उच्च वर्गीय, मध्यम वर्गीय, निम्न वर्गीय परिवार को चित्रण सबै पाएँ, कति ज्ञानगुनका धेरै कुरा हरुलाई छोटो र मीठो तरिकाले प्रस्तुत गर्ने तरिका,आदर सम्मान का कुरा साथी हरु जोडिँदै जानु भयो।

रमाइलो पनि लाग्दै गयो विभिन्न किसिमका गीत, संगीतले पनि मनलाई कस्तो रमाइलो गराए जस्तो लाग्यो समसामयिक विषय वस्तुलाई लिएर हास्य व्यङ्ग्य पारामा हेर्न पाउँदा पनि आनन्द आयो। यसै बाट सबैले आफु भित्र लुकेर बसेको प्रतिभा, कला, साहित्य लाई उजागर गर्ने एउटा राम्रो प्लेट फर्म पाउँनु भयो। कतिपय दिदी बैनीले आफ्नो दुःख सुख कहिले रोएर, कहिले हाँसेर सेयर गर्नु भयो। कति पय अन्यायमा परेका दिदी बैनी ले न्याय पनि पाउँनु भयो।

विदेशमा नेपाली हरूले कति दुःख गर्नु भएको छ भन्ने कुरा प्रतक्ष्य आँखाले भिडियो मार्फत पनि देख्न पाईयो। कतिपय बौद्धिक लेबलका मानिसहरू शिक्षक, प्रोफेसर, उच्च ओहोदामा पुगेका कर्मचारी हरु पनि राता रात भाइरल हुनु भयो। सानो एउटा तरकारी पसल, पानी पुरी वा थर्मस मा चिया बेचेर पनि कसरी आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुरा पनि थाहा भयो। त्यस्तै ठूला ठूला व्यापारी हरु, उद्योग धन्दा, कल कारखाना, होटल हरु चलाएर कसरी आफ्नो लाइफ स्टाइल जिउँनु भएको छ भन्ने कुराको पनि केही जानकारी पायौं। घर घरमा हुने सामान्य खाना पकाउने,पूजा गर्ने घरको सरसफाइ देखि लिएर घरको सजावट कसरी गर्ने, सानो एउटा कौसीमा पनि कसरी तरकारी खेती गर्न सकिँदो रहेछ भन्ने देखि ठूला ठूला समस्या हरुलाई पनि नजिक बाट देख्न सकियो।

दिदी बैनी हरु आफैमा सकक्षम र आत्म निर्भर भएको देख्दा खुसी लाग्यो। सानो सानो भाइ बैनी हरु कति ठूलो ठूलो पोस्टमा पुग्नु भएको देख्दा एकदमै आनंद आयो। दुःखी गरीब,बिरामी हरुलाई सहयोग गर्ने, विभिन्न संघ संस्था, सहयोगी मन हरुको पनि उत्तिकै अग्रसरता देख्न पाउँदा मन बाटै कस्तो श्रदा जागेर आयो ।

अब म चर्चा गर्छु जुनसुकै ठाउँ समाज र मानिसमा पोजेटिभ र नेगेटिभ पक्ष दुवै हुन्छ कतिपय मानिसमा जन्म जात नै लिएर आएको हुन्छ, अघिल्लो जन्मको साथै कस्तो घर परिवार र वातावरणमा हुर्केको मानिस हो भन्ने यथार्थ चित्रण पनि यही टिक टक मा देख्न सकिन्छ ।

लगाउने लुगा, बोल्ने तरिका, टिक टक को बहानामा आफू सँग भएको भौतिक कुरा देखाउने प्रतिस्पर्धा , खाना खाने तरिका, जुठो चोखो को पनि मतलब नगर्ने, समाजलाई नपच्ने जुन देख्दा पनि खिन्न लागेर आउने कुरा हरु गरेर पनि राता रात भाइरल हुने दिदी, बैनी, दाजु, भाइ देखि लिएर , नेगेटिभ कमेन्ट गर्ने,र त्यही कमेन्ट को पछि लागेर टिक टक मा तथानाम गाली गर्ने, रिस, क्रोध र अहंकारले भरिपूर्ण मानिस हरु पनि प्रसस्त देख्न पाइन्छ।

अझ अहिले आएको छ गिफ्ट लिने र दिने, सायद् यो पनि उहाँहरूकै कला होला मागेकै भरमा आकाश बाट बर्सिए जस्तै पैसा बर्सिने , अघिल्लो जन्ममा राम्रै गर्नु भएको थियो र होला यो जन्ममा त्यसको ब्याज स्याज गरेर करोडौं कमाउनु भएको छ । हैन भने यो जन्ममा कसैको पसिनालाई एउटा नाच र रूप लाई अगाडि ल्याएर मानिसलाई जुवा जस्तो नसामा लगाएर लिनु भएको छ भने उहाँहरुको छोरा छोरी, बुवा, आमा, श्रीमतीलाई दैनिक आबस्यक पर्ने कुरा हरु पनि पुरा गरिदिनु भएको छैन भने उहाँहरुको आँसुको सराप सहित ब्याजको स्याज गराएर अर्को जन्ममा अवस्य असुल गर्नु पर्ने हुन्छ । 

टिक टक चलाउँदैमा नराम्रो हुने होइन, यहाँ कतिपय साथी हरुले गर्वका साथ भन्नु हुन्छ म त टिक टक चलाउँदिन, फेस

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय