पानीमा डुबेर अर्घाखाँचीमा एक युवतीको मृत्यु

  
पानीमा डुबेर अर्घाखाँचीमा एक युवतीको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । पौडी खेल्ने क्रममा पानीमा डुबेर एक युवतीको ज्यान गएको छ ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६, खाँचिकोट निवासी १९ वर्षीय मिरा नेपालीको पानीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

नेपाली शितगंगा नगरपालिका वडा नम्बर ६ मा पर्ने आफ्नो माईती घर गएकी थिईन् । साथीहरुसँग स्थानीय खोलामा रहेको भुतिया नहरमा पौडिखेल्ने क्रममा उनको डुबेर मृत्यु भएको प्रहरिले जनाएको छ ।

नेपालीको ८ महिनाकी छोरी छिन् भने श्रीमान रोजगारको लागि भारतमा छन् । घटनाको थप अनुसन्धान भई रहेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय