असोज १ गतेदेखि लामो दूरीका सवारी साधन खुल्ने

  
असोज १ गतेदेखि लामो दूरीका सवारी साधन खुल्ने

काठमाण्डौ । असोज १ गतेदेखि लामो दूरीका सवारी साधन खुलाउन दिने निर्णय सरकारले गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए । मन्त्री ज्ञवालीका अनुसार सवारी चलाउँदा भाडा ५० प्रतिशतसम्म बढी लिन पाइनेछ ।

बैठकले सरकारले असोज १ गतेबाट नै आन्तरिक उडान र होटल रेष्टुरेन्टहरु पनि संचालन गर्न दिने निर्णय गरेको छ। तर यी सेवा संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रूपमा पालना गर्नुपर्ने समेत उनले जानकारी दिए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय