जेठ ४ गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्न सरकार र आयाेगबीच समझदारी

  
जेठ ४ गते एकै चरणमा स्थानीय तहकाे चुनाव गर्न सरकार र आयाेगबीच समझदारी

काठमाण्डौ । सरकार र निर्वाचन आयोगबीच आउँदो जेठ ४ गते एकै चरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच आज मङ्गलवार भएको छलफलमा आउँदो जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते चुनाव गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा चुनाव गर्न सकिने परामर्श दिएको थियो ।

छलफलपछि प्रधानमन्त्री देउवाले सरकारले छिट्टै मिति घोषणा गर्ने भन्दै चुनावको तयारी अघि बढाउन आयोगलाई आग्रह गरेका छन ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय